पोखरा ४ र ८ मा गठबन्धन दलहरुको निर्वाचन सम्पर्क कार्यालय स्थापना
पाेखरा | कात्तिक ३, २०७९
पोखरा : गठबन्धन दलहरुको तर्फबाट कास्की क्षेत्र नम्बर–२(ख) अन्तर्गत पोखरा महानगरपालिका वडा नं ४ र ८ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना भएको छ ।
विहिबार एक कार्यक्रमका बीच पोखरा ४ रामकृष्ण टोल र पोखरा ८ को सिर्जनाचोकमा उम्मेदवारसहित गठबन्धन दलका नेताहरुले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर–२ मा गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नेकपा एकीकृत समाजवादी पार्टीका पोलिट्ब्युरो सदस्य श्रीनाथ बरालले कास्कीका जनताको आवश्यकता र भावना अनुरुपको काम गर्न गठबन्धन प्रतिबद्ध रहेको बताए ।
कास्की २ का जनताको मनोभावनालाई आफुले बुझेको र त्यसलाई पुरा गर्ने जिम्मेबारीका साथ चुनावी मैदानमा उत्रिएको अभिव्यक्ति उनको थियो । ‘तपाईका हरेक समस्याका विषयमा म जानकार छु । जसलाई समाधान गर्ने दायित्वका साथ निर्वाचनमा होमिएको छु । आशा छ कास्की २ का जनताले विश्वास गर्नुहुनेछ ।’,उनले भने ।
गठबन्धनको तर्फबाट कांग्रेसबाट कास्की २ (ख) मा प्रदेश सभासदस्य पदमा उम्मेदवारी दिएका गण्डकीका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले २०७४ सालको निर्वाचनमा जस्तै मतदाताको माया यसपाली पनि मिल्ने बताए । उनले पहिलो कार्यकालमा पुरा गर्न नसकेका योजनाहरुलाई पुरा गर्ने ध्येयका साथ निर्वाचनमा होमिएको उल्लेख गरे ।
‘प्रदेशसभाको पहिलो कार्यकालमा प्रदेशको नामकरण, राजधानी तोक्ने लगायतका काम भएका छन् । अब विकास र समृद्धिसँग सम्बन्धित कार्य गर्न बाँकी छ । शिक्षा,स्वास्थ्य, रोजगारीका क्षेत्रमा अथाह सम्भावना छन् । यहाँका उद्यमी व्यवसायीहरुले भोगेका समस्यालाई निर्मुल पार्न सकिन्छ । जनताका सबै खाले समस्यालाई समाधान गर्ने गरी यसपटक फेरि कास्की २(ख) बाट प्रदेश सभा सदस्यका रुपमा आफ्नो उम्मेदवारी दिएको छु । आशा छ यसपटक पनि सबैको माया पाउनेछु ।’, उनले भने ।
कार्यक्रम पोखरा ४ मा नेपाली काँगे्रसका इकाई सभापति गोविन्द पराजुलीको सभापतित्वमा भएको थियो भने पोखरा ८ मा इकाई सभापति रमेश बरालको सभापतित्वमा भएको थियो । पोखरा ४ को कार्यक्रमलाई सचिव बिग्नेश थापाले संचालन गरेका थिए । पोखरा ४ मा कार्यालय स्थापना पश्चात उम्मेदवारहरुले मतदाताहरुसँग भेटघाट समेत गरेका छन् ।
पोखरा ८ मा नेपाली कांग्रेसका नेता महासमिति सदस्य सोभियत बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस कास्की क्षेत्र नं २ का सभापति एवम् निर्वाचन परिचालन समिति सभापति केशर निर्दोशी,नेकपा एकीकृत समाजवादीका नेता पूर्ण लामा, नेकपा माओवादी पोखरा कमिटीका हरिनारायण विज्ञान, नेकपा एकीकृत समाजवादीकी रत्न कुमारी गुरुङ सहित गठबन्धन सम्बद्ध दलका नेताहरुले बोलेका थिए ।
पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

